Main News

प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन स्वीकार नगर्ने सभामुखको संकेत

हिमालय टिभी
२०७७ पुष ८ गते २०:२६
प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन स्वीकार नगर्ने सभामुखको संकेत

८ पुस २०७७ काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले गरेको विघटन नमान्ने संकेत गर्नु भएको छ ।

संसद विघटनबारे ४ दिनपछि मुख खोल्नु भएका सापकोटाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था रहेको भन्दै संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताउनु भएको छ ।

यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो विज्ञप्तिमा भनिएको छ ।

विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको उल्लेख गर्नुभएको छ ।

संवैधानिक सर्वोच्चताका लागि सांसद, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको बताउनु भएको छ ।

सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बिचाराधीन रहेको बेला सभामुखबाट आएको अर्थपूर्ण वक्तव्यले राज्यका अंगहरुबीच टकराव बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *