Main News

गृहमन्त्रालयद्वारा ललितपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

हिमालय टिभी
२०७७ पुष ३ गते १९:०५
गृहमन्त्रालयद्वारा ललितपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

३ पुस २०७७ काठमाडौं । गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

मन्त्रीस्तरीय निणर्यले ललिलतपुर लगायत १२ जिल्लाका प्रजिअको सुरुवा गरेको हो । मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा शालिकराम शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको छ ।

महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई झुम्का कारागार सुनसरी, गुल्मीका प्रजिअ भरतकुमार शर्मा र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको छ ।

डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *