Main News
समन्वय अभावका कारण बैठकमा उपस्थित हुन सकिनँः सभामुख सापकोटा
२०७७ मंसिर ३० गते १९:२०
३० मंसिर, ३०७७ काठमाडौं । संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएपछि अलोचित सभामुख अग्निप्रसाद सापकोटाले समन्वय अभावका कारण उपस्थित नभएको प्रष्ट पार्नुभएको छ ।
सचिवालयका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रेस विज्ञ श्रीधर न्यौपानेले संवैधानिक मर्यादा र जिम्मेवारीप्रति सभामुख सजग रहेको उल्लेख गर्नुभएको छ ।
राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय अभाव भएकाले आजको बैठकमा सभामुख अनुपस्थित भएको जनाइएको छ ।
मंसीर २८ को बैठकमा भने संघीय संसद सेवा दिवसको पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको सभामुखको भनाइ छ ।
प्रतिक्रिया