Main News
केही भागमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने
२०७७ मंसिर २९ गते ९:०७

२९ मंसिर, २०७७ काठमाडौं । देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम आज सामान्यतया सफा रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया