Main News

नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, थप १५ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २७ गते १६:२१
नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, थप १५ जनाको मृत्यु

२७ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४७५९३ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार २ सय ४२ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६८९ पुगेको छ ।

काठमाडौं उपत्यकामा एकै दिन ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा देशभर भेटिएका ८ सय ९९ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ३ सय ८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जनामा कोरोना भेटिएको हो।

नेपालमा थप १३५९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३४२३१ पुगेको छ। कोरोनामुक्त हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

देशभर हाल ३ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २ सय ६२ जना आइसीयु र ४१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *