Main News

बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख क्षतिपुर्ति भराउन आदेश

हिमालय टिभी
२०७७ मंसिर २२ गते १८:४७
बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख क्षतिपुर्ति भराउन आदेश

२२ मंसिर, २०७७ काठमाडौं । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश किरण पौडेलको इजलाशले काठमाडौं जिल्ला अदालतबाट २०७६ कात्तिक २७ गते भएको फैसला सदर गरेको हो ।

२०७५ सालमा एक युवतीलाई साथीका रुपमा होटलमा लगेर बलात्कार गरेको र पछि मेलमिलापबाट घटना दबाउन खोजेको अवस्थामा सार्वजनिक भएको थियो।

जिल्ला अदालतले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

घटनामा संलग्न अन्य तीन जना अभियुक्तलाई १४ महिनाको कैद सुनाइएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरिएको थियो ।

२०७४ माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलले १८ वर्षे एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा ४ जनाले आफूलाई बलात्कार गरेको र त्यही बेला नग्न तस्वीर तथा भिडियोसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *