Main News

शहरी विकासमन्त्रीले बाटाभरि खाल्डाखुल्डी र पुलमुनि फोहोरको थुप्रो देखेपछि…

हिमालय टिभी
२०७७ मंसिर ५ गते १७:२०
शहरी विकासमन्त्रीले बाटाभरि खाल्डाखुल्डी र पुलमुनि फोहोरको थुप्रो देखेपछि…

५ मंसिर, २०७७, काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको छ । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई , मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी सहितको टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।

मन्त्री श्रेष्ठले भन्नुभयो ‘म तपाईहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ ,हजारौ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन तत्काल निर्माण गरिनुपर्छ ।

मन्त्रीको निर्देशन दिएलगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठसहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगरस्थित आर्र्च बृजबाट अवलोकन शुरु गरेको थियो । हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिनुभएको थियो ।

मन्त्री श्रेष्ठले अति ब्यस्त माइतीघर तीनकुने सडकमा सधै सवारी जाम भैरहेने सो पुलमुनी अन्डरपास निर्माण गर्न प्रकृया अघि बढाउन निर्देशन दिनुभएको थियो । पुलमुनी पुगेर निर्देशन दिने क्रममा उहाँले भन्नुभयो–सवारी चाप हुने यस्तो क्षेत्रमा किन अन्डरपास निर्माण नगरेको हो ।

सो करिडोरले छोएको अधिकांश पुलमुनी अन्डरपास निर्माण भएपनि सो पुलमुनी फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । सो क्रममा मन्त्रालयका सचिव डा. सिंहले सकेसम्म चालु आर्थिक वर्ष नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *