Main News
कोरोना संक्रमित डा. केसीको उपचार खर्च सरकारले बेहोर्ने
२०७७ कार्तिक २९ गते १३:०१

२९ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीको सम्पूर्ण उपचार सरकारले गर्ने बताउनुभएको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले डाक्टर केसीको स्वास्थ्य लाभको कामना गर्दै सबै उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभएको हो ।
गत बिहीबार रुघाखोकी, ज्वरो आएपछि पीसीआर परीक्षण गराएका डाक्टर केसीमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।
उहाँको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया