Main News

कोरोना संक्रमण : साइलेन्स हाइपोक्सिया के हो र कसरी जोगिने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते २०:३४
कोरोना संक्रमण : साइलेन्स हाइपोक्सिया के हो र कसरी जोगिने ? (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । कोरोना पोजेटिभ भई सामान्य लक्षण देखिएका व्यक्ति अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।

होम आइसोलेसनमा बसेका व्यक्तिलाई कुनै लक्षण नदेखिए पनि शरिरमा अक्सिजनको मात्रा कम हुने अर्थात साइलेन्स हाइपोक्सियाको संभावना रहने विज्ञले बताएका छन् । साइलेन्स हाइपोक्सिया के हो र यसबाट कसरी जोगिने ?

कोरोना संक्रमण देखिएका मध्ये अहिले करिव ३० हजार जना होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बस्नेलाई कुनै समस्या नदेखिए पनि उनीहरु सावधान रहनुपर्ने विज्ञको सुझाव छ । घरमै बसेकामा शरीरमा अक्सिजनको मात्रा कम हुने अर्थात साइलेन्स हाइपोक्सियाको खतरा हुने उनीहरुको भनाइ छ ।

कोरोना भाइरसले फोक्सोमा असर गर्छ । त्यसैले संक्रमितलाई सास फेर्न गाह्रो हुन्छ । र शरीरमा अक्सिजनको मात्रा पुग्दैन । कहिले काँही सास फेर्न गाह्रो नभए पनि शरीरमा अक्सिजनको मात्र घटिरहेको हुन्छ । यसरी अक्सिजनको मात्र घट्नु खतरनाक हुने विज्ञको चेतावनी छ ।

शरीरमा अक्सिजनको मात्रा कम हुँदा, थकाई लाग्ने, आलस्य हुने जस्ता लक्षण देखिन्छ । धरैजसो व्यक्तिमा कुनै पनि लक्षण नदेखिई शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । यस्तो भए थाहै नपाई ज्यानै जान सक्ने खतरा पनि हुन्छ ।

त्यसैले होम आइसोलेशनमा रहेका संक्रमितले साथमा अक्सोमिटर राख्न र बेलाबेलामा ज्वरोसँगै शरीरमा अक्सिजनको मात्रा नाप्नु पर्छ ।

कोरोना संक्रमणका कारण मृत्युृ हुनेको संख्या बढिरहेको छ । गम्भिर प्रकृतिका बिरामी अस्पतालमा उपचार गराइरहेका छन् । तर सामान्य लक्षण मात्रै भएका संक्रमितले आफ्नो शरीरमा अक्सिजनको मात्रा कम भएको थाहा नपाउँदा पछि गम्भिर हुने गरेका छन् । त्यसैले स्थानीय सरकारले हरेक स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्थापन गर्न र व्यक्तिले पनि सम्भव भएसम्म अक्सोमिटर घरमै राख्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *