Main News

नेपाली भूभाग मिचेको आरोपको चीनले गर्‍यो खण्डन

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १८:१९
नेपाली भूभाग मिचेको आरोपको चीनले गर्‍यो खण्डन

१८ कात्तिक, २०७७ काठमाडौं । नेपाली भूभाग मिचेको आरोपलाई चीनले खण्डन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा यस्ता समाचार तथ्यहीन र हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन् ।

केही समयअघि नेपाली कांग्रेसका नेताले चीनले हुम्लामा नेपाली भूभाग मिचेर भवन बनाएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । त्यसपछि नेपाली टोली सीमामा पुगेर अध्ययन गरेको थियो । अध्ययनपछि चीनले नेपाली भूभाग नमिचेको निष्कर्ष निकालिएको थियो ।

गत मेमा बेलायतको टेलिग्राफ पत्रिकारले कांग्रेसका प्रदेश सांसद जीवनबहादुर शाहीलाई उदृत गर्दै चीनले नेपाली भूभागमा नौवटा संरचना बनाएको उल्लेख गरेको थियो ।

यस सन्दर्भमा चीनले समाचारको श्रोत पुष्टि गरेर मात्र समाचार लेख्न आग्रह गरेको छ । नेपाल सरकारले पनि चीनसँग सीमा विवाद नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *