Main News
कोरोना संक्रमितको उपचारमा धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन
२०७७ कार्तिक १६ गते १६:४९

१६ कात्तिक, २०७७ काठमाडौं । सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।
सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।
उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको छ । सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया