लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन राजधानी देउखुरीमा राख्ने गृहकार्य शुरु
८ कात्तिक, २०७७ देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्ने गृहकार्य शुरु भएको छ ।
तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन भैरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ ।
राप्ती गाउँपालिकाका पूर्वाधारको अध्ययनसहित छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिनुभयो ।
स्थायी राजधानीको टुंगो लागिसकेकोले प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ ।
सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रदेशको स्थायी राजधानीसँग जोडिएका विषयमा प्रदेश सचिवसँग छलफल भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया