दशैंमा मन्दिर र शक्तिपीठ भक्तजनका लागि खुल्ला नगर्न गृह मन्त्रालयको आग्रह

३० असोज, २०७७ काठमाडौं । गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तजनका लागि रोक लगाइएको बताउनुभयो ।
तर नित्य पूजाआजा भने नियमित रुपमा सूचारु गर्न सकिने उहाँले बताउनुभयो । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।
महान चाड बडादशैंका बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तजन पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजाबाहेकका सबै धार्मिक र साँस्कृतिक गतिविधि गर्न रोक लगाएको हो ।
प्रतिक्रिया