Main News

कोरोनाको लक्षण वा पोजिटिभ देखिए मात्र स्वास्थ्यकर्मी आइसोलेसन बस्नुपर्ने व्यवस्था

हिमालय टिभी
२०७७ असोज ३० गते १६:५८
कोरोनाको लक्षण वा पोजिटिभ देखिए मात्र स्वास्थ्यकर्मी आइसोलेसन बस्नुपर्ने व्यवस्था

३० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना लक्षण देखिए वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयको सचिवस्तरीय बैठकले कोभिड नाइन्टिनका बिरामीको उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो।

मन्त्रालयको स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन ईकाइले कोभिड नाइन्टिन अस्पतालहरुलाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिडको लक्षण देखिए वा पोजिटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसन बस्ने व्यवस्था गर्नुपर्ने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २० गतेसम्म देशभर ३ हजार ९ सय ५४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। दुई जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *