Main News

विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न अनौपचारिक कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ असोज ३० गते ७:४४
विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न अनौपचारिक कार्यक्रमसहित मनाइँदै

३० असोज, २०७७ काठमाडौं । विश्व खाद्य दिवस, आज नेपालसहित विश्वभरीका १५० भन्दा बढी देशमा मनाइँदैछ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तरगतको कृषि विभागले ४०औँ खाद्य दिवस मनाउँदैछ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ लाई खाद्य दिवसको रुपमा मनाउन थालिएको हो ।

सङ्गठनको स्थापना भएको दिन पारेर आजकै दिन यो दिवस मनाइन्छ । सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिनलाई खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको थियो ।

नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन । कृषि प्रधान देश भनिएको नेपाल अहिले पनि कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर हुन सकिरहेको छैन ।

वार्षिक झण्डै ५० अर्ब हारहारीको कृषि उपज विभिन्न देशहरुबाट नेपालले आयात गरिरहेको छ । खाद्यान्न संकट र भोकमरी विरुद्ध लड्नका लागि एकताबद्ध भएर विश्वमै यो दिवस मनाउने गरिएको छ ।

यो वर्ष भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमहरु आयोजना गरिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *