Main News

नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिने

हिमालय टिभी
२०७७ असोज २९ गते ७:२२
नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिने

२९ असोज, २०७७ काठमाडौं । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

बिहान साढे ११ बजे सपथको कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नयाँ मन्त्रिको नियुक्ति र जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको साढे २ वर्षमा १२ ‌औं पटक मन्त्रिपरिषद पुनर्गठन गर्दै ३ जनालाई मन्त्री नियुक्त गर्नुभएको छ ।

यस्तै २ जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोख्रेललाई रक्षा मन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मात्र जिम्मेवारी दिनुभएको छ । रक्षा मन्त्री प्रधानमन्त्री आफैंले राख्नुभएको छ ।

सेनासँग रक्षामन्त्रीको सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेका बेला पोखरेललाई रक्षाबाट हटाइएको छ ।

यस्तै यसअघि महिला, बालबालिका ज्येष्ठ नागरिक मन्त्री रहेका दोलखाका पार्वत गुरुङ्गलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । ३ मन्त्री थपिएसँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । र संविधान अनुसार अब मन्त्रिपरिषदमा मन्त्री तथा राज्यमन्त्री थप हुने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *