Main News

सीमा सुरक्षामा सरकार गम्भीर, धमाधम बीओपी स्थापना गरिँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २५ गते १३:४८
सीमा सुरक्षामा सरकार गम्भीर, धमाधम बीओपी स्थापना गरिँदै (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । सीमा क्षेत्रमा सीमा स्तम्भ गायब हुने र भूमि अतिक्रमण हुने क्रम बढ्दो छ । नागरिक भिडिरहँदा आप्नो सीमाको रक्षा गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि भैरहेको छ ।

तर पछिल्ला समय भारतले खुल्लमखुल्ला नेपाली भूमि हडपेर आफ्नै नक्सामा राखेपछि सरकारले पनि सीमा सुरक्षाको विषयलाई गम्भीरताका साथ अघि बढाएको छ । त्यसका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउँदै सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट स्थापना गरिँदैछ ।

असोज २१ गते नेपालको पूर्वोत्तर ताप्लेजुङ र चीनको सीमा क्षेत्र ओलाङचुङगोलाको मौवाटारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भयो ।

यस्तै केही समय अघि दार्चुलाको छाङरु, हुम्लाको हिल्सा, इलामको सलकपुर, झापाको पाठामारी, पाँचथरको चिवाभन्ज्याङ लगायत थुप्रै ठाउँमा बीओपी स्थापना भए ।

नेपाल भारत सीमाको लम्बाइ एक हजार ८ सय ८० किलोमिटर छ । १५ जिल्ला पनि चीनसँग जोडिएका छन् । त्यसैले प्राथमिकता निर्धारण गरेर भारत र चीन दुवैतर्फ बीओपी स्थापना गरिँदैछ । जसअनुसार अहिले भारततर्फ १ सय ६३ बीओपी छन् यही वर्ष थप ५२ वटा बीओपी थप्ने गरी काम भइरहेको छ ।

पछिल्लो समय नेपाली भूमि अतिक्रमण बढ्न थालेपछि सरकारले बीओपीको संख्या ५ सय पुर्‍याउने निर्णय गरेको छ । तीन चरणमा स्थापना गरिसक्ने उद्देश्यले शुरु गरिएको बीओपी थप्ने काम यतिबेला धमाधम भइरहेको छ ।

नेपाल भारत सीमाको लम्बाइ एक हजार ८ सय ८० किलोमिटर छ । १५ जिल्ला पनि चीनसँग जोडिएका छन् । त्यसैले प्राथमिकता निर्धारण गरेर भारत र चीन दुवैतर्फ बीओपी स्थापना गरिँदैछ । जसअनुसार अहिले भारततर्फ १ सय ६३ बीओपी छन् यही वर्ष थप ५२ वटा बीओपी थप्ने गरी काम भइरहेको छ ।

चीनतर्फ पनि सुरक्षा र व्यवसायिक प्रयोजनका हिसाबले ६ वटा ठाउँमा बीओपी स्थापना गरिएको छ । चीनतर्फ १५ वटा बीओपी स्थापना गर्ने सरकारको योजना छ । यसले सीमा सुरक्षादेखि सीमाबाट हुने आपराधिक घट्ना नियन्त्रणमा सघाउ पुग्ने सरकारको विश्वास छ । तर बीओपी स्थापनाका लागि जग्गा अभाव, भौगोलिक विकटता लगायतका थुप्रै समस्या आई लागेका छन । त्यसैले सोचे अनुसार भने काम हुन सकेको छैन ।

त्यसो त कोरोना भाइरसको त्रासका बेला सीमाबाट हुने खुला आवागमन रोक्न सीमामा सशस्त्र प्रहरीका १२ सयभन्दा बढी अस्थायी पोष्ट बनाइएको छ । भीआइपी सुरक्षा र अन्य केही ठाउँमा खटिएका सशस्त्र प्रहरीलाई अस्थायी पोष्टमा खटाइएको थियो । तर थपिएका र थपिँदै गरेका बीओपीका लागि यी जनशक्ति पर्याप्त छैन । त्यसैले नयाँ दरबन्दी थप्न पनि सशस्त्र प्रहरी बल मुख्यालयले गृहमन्त्रालयसँग छलफल गरिरहेको छ ।

सीमा सुरक्षा अति स‌ंवेदनशील विषय हो । साँझ नेपाली भूमिमा सुतेका सीमा क्षेत्रका नागरिक बिहान उठ्दा भारतीय भूमिमा पुगिन्छ की भन्ने त्रासमा हुन्छन् । यही त्रासका बीच सरकारले सीमा सुरक्षाको विषयलाई गम्भीरताका साथ लिएको छ । किनकी बीओपी स्थापनाले सीमाको मात्र होइन सीमा क्षेत्रमा बस्ने लाखौ‌ नागरिकको पनि रक्षा हुन्छ ।

तर नेपालतर्फ स्थापना हुने बीओपी निकै टाढा छन् । पूर्वाधार र जनशक्तिका हिसाबले पनि ती निकै कमजोर छन् । जसले गर्दा सीमामा स्थापना भएका बीओपी कति प्रभावी हुनसक्छन् भन्नेमा सीमाविदको प्रश्न छ ।

सरकारले नीति तथा कार्यक्रममार्फतनै सीमा सुरक्षाको विषयलाई प्राथमिकताका साथ लैजाने उद्घोष गरेको थियो । त्यसैले सरकारको प्राथमिकतामा परेको विषयमा कुनै कमी आउन नदिने गृहमन्त्रालयको दाबी छ ।

नेपाली कालापानी लिपुलेक लिम्पियाधुरा लगायतका क्षेत्र हडपेर हाका हाकी आफ्नो नक्सामा राखेको भारतले अरु क्षेत्रमा बारम्बार योजनावद्ध ढंगले नेपाली भूमि मिचिराखेको छ ।

पछिल्लो नक्सा प्रकरणमा नेपाल र नेपाली जनताले त्यसको कडा प्रतिवाद गरे । भारतका हेपाहा गतिविधिले नेपालीलाई थप सचेत र आफ्नो भूमि रक्षाका लागि संवेदनशील बनाएको छ । सशस्त्र प्रहरीको उपस्थितिले थप भूमि मिचिन नदिनका लागि सहयोग त गर्ला नै मिचिएका सीमा क्षेत्र फिर्ता ल्याउन पनि सरकारका तर्फबाट उत्तिकै पहल हुन जरुरी देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *