Main News
लुम्बिनी प्रदेशका कानूनमन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि
२०७७ असोज २३ गते १६:१०

२३ असोज, २०७७, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएको केसीका स्वकीय सचिव पवनकुमार कुँवरले जानकारी दिनुभयो ।
रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि उहाँको पीसीआर परीक्षण गरिएको कुँवरले बताउनुभयो ।
अहिले होम आइसोलेसनमा हुनुहुन्छ । मन्त्री केसीलाई रुघाखोकीबाहेक अन्य कुनै लक्षण नदेखिएको स्वकीय सचिव कुँवरले जनाकारी दिनुभयो ।
प्रतिक्रिया