Main News

कोरोनासामु सरकारले गर्‍यो आत्मसमर्पण, बेहोस भए मात्र अस्पताल आउन आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते १८:२२
कोरोनासामु सरकारले गर्‍यो आत्मसमर्पण, बेहोस भए मात्र अस्पताल आउन आग्रह (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेका बेला सरकारले नागरिकको उपचारमा हात उठाएको छ । उसले बेहोस भए वा हुन लागे मात्र अस्पताल आउन नागरिकलाई अपिल गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले रुघा खोकी र ज्वरो आएका बिरामीलाई अस्पताल नआउन भन्दै बेहोस भए वा हुन लागे मात्र अस्पतालमा आउन अपील गर्नुभएको हो ।

नेपालको संविधानले हरेक नागरिकलाई राज्यकातर्फबाट निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने भने पनि स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्यमा गम्भीर समस्या भए मात्र अस्पताल जान भनेको हो । मन्त्रालयले अस्पतालका शैय्याहरु भरिन थालेको भन्दै संक्रमितको संख्या बढ्दै गए भार थाम्न नसक्ने चेतावनी पनि दिएको छ ।

पछिल्लो समय देशभर कोरोना संक्रमित बढेपछि अस्पतालमा बिरामीको चाप छ ।

यस्तै पछिल्लो समय सार्वजनिक स्थानमा मानिसहरुको चहलपहल बढ्न थालेको भन्दै मन्त्रालयले अनावश्यक भीडभाड नगर्न पनि नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *