काबुल बम विष्फोटमा मारिएका नेपालीलाई दिने क्षतिपुर्तिमा सहमति
१८ असोज, २०७७ काठमाडौं । चार वर्षअघि काबुलमा भएको बम विष्फोटमा मारिएका नेपाली सुरक्षागार्डका परिवार, घाइते सुरक्षागार्ड र क्यानडा सरकारबीच क्षतिपूर्तिबारे सहमति भएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको क्यानडाको दूतावासमा सुरक्षा दिइरहेका बेला आत्मघाती बम विस्फोट हुँदा १३ जना नेपाली सुरक्षा गार्ड तथा अन्य दुई जना नेपालीमूलका भारतीय सुरक्षा गार्डको ज्यान गएको थियो।
त्यसपछि आक्रमणका घाइते र मारिनेका विधवाले दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग गरी मुद्दा हालेकोमा क्यानडा सरकारले सहमतिमै मुद्दा टुङ्गो लगाएको क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन अन्तरगतको न्यूजपोर्टल सीबीसी न्यूजले जनाएको छ।
गोप्य रुपमा गरिएको सहमतिमा कति क्षतिपूर्ति दिने भन्ने बारे उल्लेख छैन । क्यानडाको भ्यान्कुभरमा बस्दै आएका नेपाली परिवारका वकिल जो फिओरेन्टेले घट्नाका पीडित र क्यानडा सरकारबीच सहमति भएको पुष्टि गर्नुभएको छ ।
क्षतिपूर्तिको रकमबारे प्रष्ट नपारे पनि उहाँले सहमतिबाट परिवारका सदस्य सन्तुष्ट रहेको दावी गर्नुभयो ।
प्रतिक्रिया