Main News
पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश (भिडियोसहित)
२०७७ असोज १५ गते २०:१३
१५ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ।
न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणमा शुल्क नलिने व्यवस्था गर्न परमादेश दिएको हो ।
अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक भएकाले शुल्क लिन नमिल्ने ठहर गरेको छ ।
कोरोना संक्रामक रोग भएको र यस्ता रोगको उपचार सरकारले निःशुल्क गर्नुपर्ने कानूनी व्यवस्था भए पनि सरकारले दुई हजार रुपैयाँ लिन छुट दिएको छ ।
प्रतिक्रिया