काठमाडौंस्थित चिनियाँ दूतावासमा प्रदर्शन गर्ने ६ जना पक्राउ
१२ असोज, २०७७ काठमाडौं । सीमा क्षेत्र मिचेको भन्दै चिनियाँ दुतावासमा प्रदर्शन गर्ने छ जना पक्राउ परेका छन् ।
उत्तरी छिमेकी मुलुक चीनले नेपाली सीमा अतिक्रमण गरेको भन्दै चिनियाँ दुतावास अगाडी प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीसहित छ जना विद्यार्थी नेता पक्राउ परेका हुन् ।
आज बिहान चिनियाँ दूतावासअघि प्रदर्शन गरिरहेकामध्ये छजनालाई प्रहरीले पक्राउ गरेको हो। चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै चिनिया दूतावास अगाडी प्रदर्शन गरेका थिए ।
नेता त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन् । पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघका नेता मनिष सिम्खडाले जानकारी दिनुभयो ।
कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदासिन रहेकाले आफुहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताएका छन् ।
प्रतिक्रिया