Main News
चितवनमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ असोज ९ गते १३:४७

९ असोज, २०७७, चितवन । चितवनको भरतपुरमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाको विभिन्न वडाका २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै खैरहनी नगरपालिकाका ११ जना संक्रमित भएका छन् ।
रत्ननगर नगपालिकाका ९, राप्ती २ र कालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी मकवानपुरका ५, बाँकेका १ नवलपुरका ५ पर्साका १ र बाराका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया