Main News

एसिड विक्री वितरण तथा आक्रमणसम्बन्धी कसुर नियमन गर्ने बनेको अध्यादेश पारित

हिमालय टिभी
२०७७ असोज ९ गते ८:२०
एसिड विक्री वितरण तथा आक्रमणसम्बन्धी कसुर नियमन गर्ने बनेको अध्यादेश पारित

९ असोज, २०७७ काठमाडौं । सरकारले एसिडको विक्री वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ।

हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसिडको विक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पेश गरेको अध्यादेशमा एसिड आक्रमणको कसुरलाई दश वर्षभन्दा बढी कैद हुने गरी जघन्य अपराधका रुपमा परिभाषित गरिएको छ।

कसैले एसिड आक्रमणबाट मृत्यु भएमा जन्मकैद हुने प्रावधान अध्यादेशमा छ। एसिड आक्रमण गरेर सामान्य क्षति पुगे पनि कसुरदारलाई न्युनतम दश वर्षसम्म कैद हुने, सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने, पालन पोषणको गराउने जस्ता विषय समेटिएका छन्।

अध्यादेशमा एसिडको बिक्रि वितरणलाई समेत व्यवस्थित गर्ने प्रावधान राखिएको छ।

संघीय संसदको अधिवेशन जारी नरहेकाले सरकारले अध्यादेशमार्फत एसिड सम्बन्धी कसुरलाई नियमन गर्न विशेष कानुनी व्यवस्था गर्न लागेको हो। उक्त अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि कानूनका रुपमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *