Main News

उपत्यकामा ७६७ सहित थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ४ गते १६:३४
उपत्यकामा ७६७ सहित थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

४ असोज, २०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ४०, ६० र ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

आज १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ ।

काठमाडौंमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा संक्रमण देखिएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । आज संस्थागत प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ८९, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजार ६ सय १ र गण्डकी प्रदेशमा ३ सय १६ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ७ सय ५६, कर्णाली प्रदेशमा २ सय ४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ गरी देशभरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना संक्रमित रहेका छन् । आज १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

आज ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजा १ सय ९, प्रदेश नम्बर २ मा १२ हजार २ सय ३३, बागमती प्रदेशमा १० हजार ९ सय ४१ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ९५, कर्णाली प्रदेशमा २ हजार ७ सय ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४३ गरी देशभरी ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *