Main News

संविधान दिवसका अवसरमा ५९४ जनालाई विभूषण दिने घोषणा

हिमालय टिभी
२०७७ असोज ३ गते १३:१३
संविधान दिवसका अवसरमा ५९४ जनालाई विभूषण दिने घोषणा

३ असोज, २०७७ काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ५ सय ९४ जनालाई विभूषण दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले विभूषणको घोषणा गरेको हो । मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवा प्रथम डा सन्दुक रुइतलाई दिइएको छ ।

यस्तै प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४ जना, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७ जना, सुप्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८ जना, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *