Main News

कोरोना बीमा मापदण्ड संशोधन, संक्रमित बीमितले तत्काल २५ हजार मात्र पाउने

हिमालय टिभी
२०७७ भदौ २९ गते १८:४७
कोरोना बीमा मापदण्ड संशोधन, संक्रमित बीमितले तत्काल २५ हजार मात्र पाउने

२९ भदौ, २०७७ काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर कोरोना संक्रमित नयाँ बीमितलाई तत्कालै २५ हजार रुपैयाँ मात्र दिने व्यवस्था गरेको छ ।

नयाँ मापदण्ड अनुसार संक्रमण पुष्टि हुनासाथ २५ हजार दिने र आइसोलेसनमा बस्नु परे बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइनेछ ।

भदौ २८ सम्म कोरोना बीमा गरेकाको हकमा भने नयाँ मापदण्ड लागू नहुने समितिले जनाएको छ । संशोधन अघिका बीमितले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था गरिएको छ । एक लाखको कोरोना बीमा गरेकाले पनि अब आइसोलेसनमा बस्नु नपरे २५ हजार रुपैयाा मात्र पाउनेछन् ।

आइसोलेनमा बस्दाको थप रकम लिन बिल भर्पाइ अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

समितिले भदौ १९ गते निजी ल्याबमा कोरोना परीक्षण गरेकालाई बीमा रकम नदिने बताएको थियो । ७५ करोड रकम उठाइसकेपछि नयाँ मापदण्ड बनाएपछि चौतर्फी आलोचना भएको थियो ।

पछि समितिले सच्चाएर निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *