Main News
बागलुङमा पाँच घर पहिरोमा पुरियो, एक जना बेपत्ता
२०७७ भदौ २९ गते १३:१८
२९ भदौ, २०७७ काठमाडौं । पहिरोले पुर्दा बागलुङमा एक जना बेपत्ता भएका छन । पाँच घर पहिरोले पुरेको छ ।
जैमिनी नगरपालिकाको कुश्मिशेरास्थित टुनीबोटमा पहिरोले घर पुर्दा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो ।
परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।
पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति भएको छ । नेपाली सेना र प्रहरीको टोलीले उद्धारको काम गरिरहेका छन् ।
प्रतिक्रिया