Main News

श्रममन्त्रीले खोले सरकारको पोल: राहत वितरणमा ‘गोलमाल’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २८ गते २०:४३
श्रममन्त्रीले खोले सरकारको पोल: राहत वितरणमा ‘गोलमाल’ (भिडियोसहित)

काठमाडौं । सरकारको दावी छ, उसले गज्जबै गरिरहेको छ । स्वस्थ रुपमा गरिएका आलोचना र प्रश्नमा समेत सरकारले पूर्वाग्रह देख्ने गरेको छ । तर बेला बेला उ आफ्नो पोल आफै खोल्छ ।

आइतबार संसदीय समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय आफैले सरकारको पोल खोल्नुभयो । जसले सरकार कसरी चलिरहेको छ भन्ने प्रष्ट हुन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव आफैले सरकारको पोल खोल्नु भएको छ । यादव आफैले स्वीकार गर्नुभएको छ, अबौंको राहत वितरण भयो । तर कसले राहत पायो त्यसको कुनै तथ्याङ्क छैन । सरकारसँग छ त केबल अर्बौं रुपैयाँ बाँड्यौं भन्ने डाटा मात्रै ।

यता सरकारले अर्बौं रुपैयाँ बाँडयौं भनिरहेको छ, अर्कोतिर देशका ठाउँठाउँमा भोकाहरुको लाम लागिरहेको छ, एक छाक खोज्दै । यो किन भैरहेको छ भन्नेमा पनि मन्त्री यादवको आफ्नै बुझाई छ, राहत वितरणमा गोलमाल भयो । पाउनुपर्नेले पाएनन र नपाउनु पर्नेले पाए ।

मन्त्री यादवका कुरा सुनिसकेपछि प्रष्ट हुन्छ, फेरि पनि सरकारले अर्बौं रुपैयाँको राहत वितरण गरेको तथ्याङ्क सार्वजनिक गर्नेछ, तर दुखी गरिबले पाउने छैनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *