Main News

अराजकताको पराकाष्ठाः भीडले यसरी कु्ट्यो कार्यकक्षमै पत्रकार (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते २०:४९
अराजकताको पराकाष्ठाः भीडले यसरी कु्ट्यो कार्यकक्षमै पत्रकार (भिडियोसहित)

२६ भदौ, २०७७ कैलाली । समाचार छापेको विषयलाई लिएर अराजक भीडले कैलालीमा संचार गृहमै प्रवेश गरी पत्रकारलाई कुटपिट गरेको छ । कैलालीको दिनेश सञ्चार गृहको समाचार कक्षमै प्रवेश गरेर अराजक समूहले कुटपिट र हुलहुज्जत गरेको हो ।

कैलालीको दिनेश सञ्चार गृहको समाचार कक्षमै पत्रकार कुटिएका छन्। दिनेश एफएम र दिनेशखबर डटकममा काम गर्ने पत्रकार काम गरिरहेका हुन्छन् । त्यही बेला एउटा भीड समाचार कक्षमा प्रवेश गर्छ र पत्रकारलाई टाउकोमा पिट्न थाल्छ ।

यतिसम्म की पत्रकारलाई पिट्नेले एउटा हातले पत्रकारलाई टाउकोमा झापड हानिरहेको छ भने अर्को हातले मोबाइलमा त्यो दृश्य कैद गरिरहेको छ ।

त्यै भीडले समाचार कक्षका पत्रकारलाई समाचार लेख्ने हो ? त्यो समाचार डिलिट गर भन्दै थर्काउँछ ।

उनीहरु दिनेश खबर डटकमा प्रकाशित यो समाचार डिलिट गर्न पत्रकारलाई दबाव दिन्छन् । पत्रकारले सम्झाउन खोज्दा पनि उनीहरु सुन्न चाहन्नन

जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका थुनुवा १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको खबर लेखेको कारण यसरी पत्रकारमाथि आक्रमण भएको हो ।

आम नागरिकलाई सुसूचित गर्ने सञ्चार माध्यमको समाचार कक्षमै गएर पत्रकारमाथि कुटपिट भएकोमा अधिकारकर्मीले निन्दा गरेका छन् ।

पत्रकारले सञ्चार माध्यमको कार्यालयमा आक्रमण गर्ने र पत्रकारलाई कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरेका छन् ।

समाचारको विषयमा कुनै विमति भए त्यसमा धारण राख्ने कानुनी बाटो छ । त्यो बाटो छाडेर कुरै नबुझी पत्रकारलाई कुटपिट गर्नु गलत छ । पत्रकार र संचार माध्यमको सुरक्षामा सरकारले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *