Main News

अन्तर्राष्ट्रिय हवाई उडान थप गर्ने सरकारको निर्णय

हिमालय टिभी
२०७७ भदौ २५ गते १८:१८
अन्तर्राष्ट्रिय हवाई उडान थप गर्ने सरकारको निर्णय

२५ भदौ, २०७७ काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान थप्ने निर्णय गरेको छ ।

पहिले दिनमा आठ सय नेपाली मात्रै नेपाल आउने गरेकोमा यो निर्णयसँगै अब धेरै नेपाली घर फर्कन पाउनेछन् ।

उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केपि शर्मा ओलीसँगको परामर्शपछि अन्तर्राष्ट्रिय उडान थप्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको छ ।

नियमित उडान सुरु भएका देशबाट एयरलाइन्सले चाहे अनुसार नै पीसीआर रिपोर्ट नेगेटिभ आएका यात्रु ल्याउन उडान अनुमति दिईनेछ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत भएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने छ ।

नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको छ । मन्त्री भट्टराईले विदेशमा अफ्ठेरोमा परेका नेपालीको उद्धारमा सक्दो कोशिस गरेको र प्रयास बढाउँदै लैजाने भन्दै धैर्य गरेकोमा आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *