Main News

रथ तान्ने क्रममा पक्राउ परेकाको रिहाइ माग गर्दै ललितपुरमा प्रदर्शन

हिमालय टिभी
२०७७ भदौ २२ गते १४:२६
रथ तान्ने क्रममा पक्राउ परेकाको रिहाइ माग गर्दै ललितपुरमा प्रदर्शन

२२ भदौ, २०७७, ललितपुर । गत बिहीबार पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै केही युवाले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेकालाई छोड्न माग गर्दै युवाको समूहले प्रदर्शन गरेका हुन् । निषेधाज्ञाकै बीचमा प्रशासन कार्यालय अगाडि धर्नामा बस्न खोजेपछि केहीबेरमै प्रहरीले उनीहरुलाई तितरवितर पारेको थियो ।

प्रहरीले धर्नामा बस्न नदिएपछि युवाको प्रहरी नभएको स्थानमा भेला भएका थिए ।

अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । गत बिहीबार स्थानीय केही युवाले प्रशासनको अनुमति बिना जबरजस्ती मच्छिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा दिनभर तनाव भएको थियो ।

युवाले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा संलग्न केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *