Main News

सरकार जनता भोकै छन्, नपत्याए सरकार ! यी दृश्य हेर (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २१ गते २०:२७
सरकार जनता भोकै छन्, नपत्याए सरकार ! यी दृश्य हेर (भिडियोसहित)

२१ भदौ, २०७७ काठमाडौं । सरकारले भनिरहेको छ कोही भोकै पर्दैन, कोही भोकले मर्दैन । खास गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अझ बढि जोड दिएर यसो भन्ने गर्नुहुुन्छ ।

यसको अर्थ र दावी सरकारले गरिब दुखीका लागि काम गर्छ भन्ने नै हो । तर कोरोना कहरकाबीच नागरिक भोकले छटपटिरहेका छ । कोही सडकमा हात थापिरहेका छन कोही हातमुख जोर्न धौ धौ भएपछि थात थलो छोडेर हिडेका छन । अर्थात नागरिकलाई भोकै पर्न दिन्न भन्ने सरकारी दावी झुटो सावित भैरहेको छ ।

–कैलालीको त्रिनगर नाकामा देखिएको भारत फर्कने नेपालीको ताँती ।

–खेतबारीमा हाल्ने युरिया मलका लागि लाइन लागेका किसान

–अनि काठमाडौंको खुल्लामञ्चमा लगायतका ठाउँमा खुल्ला आकाशमुनि बसेर अरुले दिएको भात खाएर पेट भर्न बाध्य नागरिकको दृश्य ।

यी ३ दृष्यले देशको अहिलेको स्थिति झल्काइरहेको छ । विश्वमै फैलिएको कोरोनाको महामारीबाट नेपाल अछुतो छैन । महामारीबाट जोगाउन भनेर सरकारले नागरिकलाइ घर भित्रै बस भनेको छ । लकडाउन र निषेधाज्ञा गरेपछि कोरोना रोकिन्छ भन्ने सरकारको ध्यान नागरिकका अरु समस्यामा परेकै छैन । त्यसैले सरकारले घर भित्र बस भनिरहे पनि नागरिक चाहेर पनि घर भित्र बस्न सकेका छैनन् ।

सरकार किसानलाई मल, भोकालाई गास र रोजगारी गुमाएकालाई राहत दिन सकिरहेको छैन । अर्थात इतिहासकै बलियो भनिएको सरकार मुखबाहेक अरु केही पनि चलाइरहेको छैन । यसले एउटा गम्भीर प्रश्न उठेको छ सरकार कसका लागि काम गरिररहेको छ रु के यसरी नै समृद्ध नेपाल सुखी नेपालीको राष्टिय संकल्प पुरा होला ?

किन कि उनीहरुलाई घरभित्रबसेर रोगबाट जोगिन्छ तर भोकबाट जोगिँदैन भन्ने लागेको छ। त्यसैले कोही भोक मेटाउन काठमाडौंको खुल्लामञ्च पुग्छन् ।

कोही आफ्नो र परिवारको भोक मेटाउन कोरोना कहरमा पनि जोखिम मोलेर कामका लागि भारत पस्छन् ।

अनि कोही भोक मेट्ने धान राम्रो फल्ला भनेर मलका लागि यसरी लाइनमा बस्छन् ।

यसरी छाक टार्न लाम लाग्ने र कुर्नेमा देशको भविष्य र वर्तमान छन् ।केटाकेटी र युवा खाना खाना र विदेश जान थालेको ।

र, यी दृश्यले कोही भोकै पर्दै र कोही भोकै मर्दैन भन्ने प्रधानमन्त्री र सरकारका मन्त्रीहरुको दावी कति झुटा छ भन्ने प्रष्ट पार्छ ।

यी दृश्य र तस्विरले जनतालाई घरमा थुनेरै कोरोनासँग जित्ने सरकारी तयारी पूर्णतस् असफल भएको प्रमाण दिइरहेका छन् । तर सरकार अझै त्यसैलाई स्वीकार्न तयार छैन ।

किन कि निषेधाज्ञा लगाएको सरकार आफैं पनि निषेधाज्ञामा छ । अर्थात लकडाउन र निषेधाज्ञा लगाएर जनतालाई भित्र राखेर जनताकै समस्या समाधान गर्न आफू बाहिर निस्कनु पर्ने सरकार आफै भित्र बसिरहेको छ । बालुवाटार र सिंहदरबारमा रमाइरहेको सरकार त्यहाँबाट निस्किएर नागरिकका समस्या हेर्न, सुन्न र त्यसलाई सम्बोधन गर्न चुकेको छ ।

खुलामञ्च बाहिरको सडक भएर विहान बेलुका झन्डा हल्लाउँदै मन्त्रीहरु ओहोर दोहोर त गर्छन् । तर उनीहरुले एक गास भातका लागि यसरी भेला हुनेहरुलाई देख्दैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार, संसद भवन नयाँवानेश्वर र बालुवाटारबाट पटक पटक कोही भोकै मर्नु पर्दैन भन्ने घोषणा दोहोर्‍याइरहनु हुन्छ । तर नागरिकलाई भोकै नराख्न गर्नु पर्ने केही काम गर्नुहुन्न ।

प्रधानमन्त्री युवालाई रोजगारी देशमै दिने र कोही पनि परिवार छाडेर काम गर्न विदेश जान नपार्ने आश्वासन दिइरहनु हुन्छ । तर उहाँको त्यो आश्वासनले पोको पन्तुरो बोकेर र बालबालिका च्यापेर भारत पस्नेलाई रोक्न सक्दैन ।

सरकार किसानलाई मल, भोकालाई गास र रोजगारी गुमाएकालाई राहत दिन सकिरहेको छैन । अर्थात इतिहासकै बलियो भनिएको सरकार मुखबाहेक अरु केही पनि चलाइरहेको छैन । यसले एउटा गम्भीर प्रश्न उठेको छ सरकार कसका लागि काम गरिररहेको छ रु के यसरी नै समृद्ध नेपाल सुखी नेपालीको राष्टिय संकल्प पुरा होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *