Main News

किसानले मल नपाएपछि कृषिमन्त्री भुसालको राजीनामा माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते १९:५७
किसानले मल नपाएपछि कृषिमन्त्री भुसालको राजीनामा माग (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । किसानलाई मल दिन नसकेपछि कृषिमन्त्री घनश्याम भुसालमाथि प्रश्न उठेको छ । कतिपयले सामाजिक संजालबाट मन्त्री भुसालको राजिनामा मागेका छ ।

कतिपयले मल ल्याउने ठेकेदार शारदा अधिकारीको घरमा बसेर संरक्षण दिएको भन्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन ।

हिजोआज यस्ता दृश्य हरेक दिन जसो देख्न पाईन्छ । यो बुधवार चितवनको गीतानगरको दृश्य हो । धानमा राख्ने मल नपाएर किसान छटपटीमा छन । उनीहरु मलका लागि भौतारिरहेका छन । दिनुहँ जसो यस्ता दृश्य देखिन थालेपछि कृषिमन्त्री घनश्याम भुसालमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । उहाँ के गर्दै हुनुहुन्छ रु सामाजिक संजालमा भुसालको आलोचना भैरहेको छ ।

कतिपयले भुसालको राजिनामा मागेका छन । किसानका पक्षमा लेख लेख्ने मन्त्री भुसाललाई व्यंग्य गरिएको छ ।

किसानले मल नपाउनुमा देशकै शक्तिशाली नेता एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोडिनुभएको छ । किनकी बुधवार कोरोनाको पनि परवाह नगरी चितवनमा मल लिन भीड लागेको ठाउँ प्रचण्डकै निर्वाचन क्षेत्र हो । र दुर्भाग्यको कुरा किसानलाई दिने मल ल्याउने जिम्मा पाएका व्यक्ति प्रचण्डका घरबेटी हुन । मल नपाउने किसानको भोट लिएर मल नदिने व्यक्तिको घरमा बस्ने प्रचण्डमाथि गम्भीर प्रश्न उठाइएको छ ।

कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना बनाएका छन, किनकी ओलीलाई राम कहाँ जन्मे भन्ने थाहा छ, तर राम जन्मेको ठाउँबाट नजिकै पर्ने गीतानगरका किसानको पीडा थाहा छैन ।

धान कहिले रोपिन्छ, मल कतिबेला हालिन्छ, सबैलाई थाहा छ, तर शासकले थाहा नपाउँदा हरेक वर्ष पीडा बल्झिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *