कोरोनामुक्त भएकाहरुलाई प्लाज्मा दिन गर्न चिकित्सक संघको अपील
१६ भदौ, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भई निको भएकाहरुलाई प्लाज्मा दिन अर्थात रक्तदान गर्न अपील गरेको छ ।
संक्रमण भई निको भएका व्यक्तिले दान गरेको, १ पिन्ट प्लाज्माबाट हजारौं मान्छेलाई जोगाउन सकिने भन्दै संघले प्लाज्मा दान गर्न अपील गरेको हो ।
संघले प्रेस विज्ञप्ति निकालेर प्लाज्मा’ दान गर्ने देशभरका सबै व्यक्तिको विवरण संकलन गरी, प्रशंसा–पत्र सहित उच्च सम्मान गर्ने जानकारी समेत दिएको छ ।
प्लाज्मा दानबाट जीवनरक्षा गरी समाजमा पुनर्स्थापना गराउन सकिने सन्देश सहितको अभियान सञ्चालन गर्न लागिएको समेत विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा अहिले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ । प्लाज्मा दान गर्दा कुनै पनि शारीरिक र मानसिक असर नपर्ने समेत संघले स्पष्ट पारेको छ।
प्रतिक्रिया