Main News

किन भयो कोरोना संक्रमितको मृत्युदर उच्च, के भन्छन् चिकित्सक ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १३ गते १९:४९
किन भयो कोरोना संक्रमितको मृत्युदर उच्च, के भन्छन् चिकित्सक ? (भिडियोसहित)

१३ भदौ, २०७७ कञ्चनपुर । बाँकेमा जेठ चार गतेयता कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । ती ९ मध्ये बाँकेका ६ जना छन् । ८ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । संक्रमित गम्भीर भएपछि मात्रै अस्पताल पुग्ने गरेका कारण ज्यान बचाउन गाह्रो भइरहेको चिकित्सकको भनाइ छ ।

बाँकेको नरैनापुरमा जेठ ४ गते एक युवकको क्वारन्टिनमा नै मृत्यु भयो । कोरोना संक्रमणबाट मृत्यु हुने उनी देशकै दोस्रो थिए । तर त्यसपछिको ३ महिनामा बाँकेमा मात्रै अन्य ८ जनाको ज्यान गएको छ ।

नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा ७ र शिक्षण अस्पताल नेपालगन्जमा एक जनाको मृत्यु भएको छ । उनीहरुको अस्पतालमा भर्ना भएको २ देखि ७ दिनको अवधिमा मृत्यु भएको थियो ।

कोरोनाको लक्षण भएका विरामी घर मै सामान्य औषधी खाएर बस्ने र स्वास्थ्य समस्या जटिल बन्दै गए पछि मात्रै अस्पताल पुग्ने क्रम बढेको छ । कोरोना संक्रमण देखिए समाज र छिमेकीबाट हुने अवहलेनाको डरले पनि विरामी गम्भीर भएपछि मात्र अस्पताल जान्छन् ।

कोरोना संक्रमितको ज्वरो भन्दा पनि शरिरमा अक्सिजनको मात्राको अबस्था हेरेर उपचार जरुरी हुन्छ । समस्या बढेपछि अस्पताल पुग्दा बिरामीको शरिरमा अक्सिनको मात्रा घटेर अवस्था गम्भीर बन्छ र विरामीको मृत्यु हुन्छ ।

गम्भीर अवस्थामा अस्पताल पुगेका बिरामीलाई शिक्षण अस्पताल कोहलपुरले उपलब्ध साधन स्रोत र औषधि दिएर उपचार गर्दै आएको छ । काठमाडौंमा कोरोना संक्रमितको उपचारमा रेमडिसिभिर औषधिको प्रयोग र प्लाज्मा थेरापी विधि नेपालगञ्जमा अझै शुरु भएको छैन । यी तरिकाबाट उपचार गर्न सके बिरामीको ज्यान बचाउन सकिन्थ्यो कि भन्ने चिकित्सकलाई पनि लागेको छ ।

पछिल्लो पटक देशभरी कोरोना संक्रमितको मृत्युदर बढेको छ । कैयौंको समयमा उपचार नहुँदा ज्यान गइरहेको छ । बाँकेका चिकित्सकको अनुभवमा संक्रमित गम्भीर भएपछि मात्रै अस्पताल पुग्ने प्रवृति पनि मृत्युदर बढ्नुको एउटा कारण हो । त्यसैले यसतर्फ स्वयं आमनागरिकले सावधानी अपनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *