Main News

देशका विभिन्न जिल्लामा ११५ बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १३ गते १२:५१
देशका विभिन्न जिल्लामा ११५ बढीमा कोरोना संक्रमण पुष्टि

१३ भदौ, २०७७ काठमाडौं । प्रदेश २ मा ५०, चितवनमा २६ गण्डकीमा २० र धनकुटामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ सय ३३ स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्साका ३१, बाराका ८, धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका २ तथा रौतहट र काठमाडौंकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो । १५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् ।

यसैगरी, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ७५ नमूना परीक्षण गरिएकोमा २६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयो ।

थपिएका मध्य भरतपुर महानगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकामा एक, गोरखा र सप्तरीका दुई दुई र मकवानपुर, नवलपुर, दैलेख, सुर्खेत, बारा, गुल्मी र मोरङका एक एक जनामा संक्रमण देखिएको हो ।

यस्तै, गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा १९ जना र गैडाकोटमा एक जनामा संक्रमण देखिएको गणडकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनय विन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ७७ पुगेको छ ।

यसैगरी, धनकुटामा आज थप १९ जना नयाँ संक्रमित थपिएका छन् ।
बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको प्रयोगसालामा गरिएको पिसिआर परिक्षणमा आज १९ नयाँ संक्रमित थपिएका हुन् ।

यो धनकुटामा देखिएको संक्रमितको संख्या अहिले सम्मकै उच्च हो । संक्रमित मध्ये १३ जना प्रहरी ४ जना दुरसञ्चारका कर्मचारी तथा अन्य दुई सर्वसाधारण रहेको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिनुभयो । योसँगै धनकुटामा संक्रमितको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *