Main News

लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि घर पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

हिमालय टिभी
२०७७ भदौ १० गते १८:१४
लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि घर पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

१० भदौ, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले सामान्य लक्षण देखिएका कोरोना संक्रमितलाई पनि १४ दिनपछि घर पठाउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितको १०औँ दिनमा दोश्रो पीसीआर गर्न र पोजेटिभ देखिए पनि १४ दिनभित्र डिस्चार्ज गर्न निर्देशन दिनुभयो ।

यसअघि लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा घर पठाउने गरिएको थियो । पछिल्लो पटक भने सरकारले लक्षण भएका संक्रमितलाई पनि १४ दिनपछि परीक्षण नगरी घर पठाउन भनेको हो ।

कोरोना संक्रमितका लागि अस्पतालमा आइसोलेशन बेडको अभाव हुन थालेपछि सरकारले नियम परिवर्तन गरेको हो ।

अनुसन्धानका क्रममा लक्षण नदेखिएका संक्रमितले १४ दिनपछि अरुलाई भाइरस नसार्ने पाइएको छ । तर लक्षण भएका संक्रमितबाट सर्न सक्ने भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *