Main News

सरकारले निजी अस्पतालसँग माग्यो आइसीयू र भेन्टिलेटर सहयोग

हिमालय टिभी
२०७७ भदौ ७ गते १८:२७
सरकारले निजी अस्पतालसँग माग्यो आइसीयू र भेन्टिलेटर सहयोग

७ भदौ, २०७७ काठमाडौं । सरकारले निजी अस्पतालसँग एक हजार शैया, दुई सय आइसीयु र एक सय भेन्टिलेटर शैया सहयोग मागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल अफिनसँग कोभिड नाइन्टिनका बिरामीको लागि शैया सहयोग माग गरेको हो ।

सरकारले यसअघि निजी अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत वेड अनिवार्य छुट्टाउन निर्देशन दिएको थियो । सरकारले निर्देशन दिए पनि निजी अस्पतालहरुले तुरुन्तै बेड छुट्याउने अवस्था नरहेको अफिनका अध्यक्ष बसन्त चौधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार भन्ने बित्तिक्कै कोभिड नाइन्टिनका बिरामीको लागि शैया छुट्याउन नसक्ने उहाँको भनाइ छ । निजी अस्पतालले आफूहरुले सहयोग गर्ने तर त्यसका लागि सरकारले आवश्यक स्वास्थ्य सामग्री, सहज रुपमा उपलब्ध गराउनु पर्ने माग राखेको छ ।

अहिले निजी अस्पतालसँग छलफल मात्र गरेको र आधिकारिक निर्णय भने भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि देशभर संक्रमितको उपचारका लागि बेडको अभाव भएसँगै सरकारले निजी अस्पतालहसँग सहयोग माग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *