Main News

नारायणी अस्पतालमा गरिएको परीक्षणमा १ सय ५६ जनाका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ ७ गते १२:५२
नारायणी अस्पतालमा गरिएको परीक्षणमा १ सय ५६ जनाका कोरोना संक्रमण पुष्टि

७ भदौ, २०७७, पर्सा । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पर्सामा अहिलेसम्म कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । २८ जनामध्ये एउटा बेवारिसे शवको पहिचान खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *