कोरोना संक्रमण बढ्दै गर्दा बीमा गर्नेको संख्या ह्वात्तै बढ्यो

७ भदौ, २०७७ काठमाडौं । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।
सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ ।
बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि दुई सय ६० भन्दा माथि लागेको छ ।
सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो ।
समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ ।
प्रतिक्रिया