Main News

उपत्यकाका अस्पताल र मेडिकल कलेजमा ६ हजार आइसोलेसन बेड बनाउने निर्णय

हिमालय टिभी
२०७७ भदौ ५ गते १९:००
उपत्यकाका अस्पताल र मेडिकल कलेजमा ६ हजार आइसोलेसन बेड बनाउने निर्णय

५ भदौ, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजमा कम्तीमा ६ हजार आइसोलेसन बेड बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता डा युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको संयोजन गर्ने जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा जोखिम बढ्दै गएकोले ठूला क्वारन्टिनको प्रबन्ध र सञ्चालन गर्न एकीकृत व्यवस्थापन समिति पनि सरकारले गठन गरेको छ । विदेशबाट उद्धार गरेर ल्याएका नेपालीलाई काठमाडौं उपत्यकामै एकीकृत क्वारेन्टाइनमा राखिने छ।

स्वेच्छिक रुपमा होटल क्वारेन्टाइन बस्ने बाहेकलाई एकीकृत क्वारेन्टाइनमा राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। एकीकृत क्वारेन्टाइनमा बसेको खर्च वैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च गरिनेछ।

यसैगरी, उपत्यकामा एकीकृत क्वारेन्टाइनको व्यवस्थापन गर्न बैठकले गृहसचिव महेश्वरको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै बैठकले अन्तर जिल्ला आवागमन र सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्ने निर्णय सरकारले गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *