Main News

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ ५ गते १२:५१
चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

५ भदौ, २०७७, चितवन । चितवनमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड नाइन्टिन प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलासहित २६ जनामा संक्रमण देखिएको हो । ३ सय ६ जनाको संकलित नमूनामध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

चितवनका संक्रमित हुने सबैभन्दा बढी भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका ८ पुरुष र ११ महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै, राप्ती नगरपालिकाका वडा नम्बर २ र ८ का गरी थप ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । संक्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् ।

यसैगरी, संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एकएक जना छन् ।

नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । उनीहरु अस्पताल अएका बिरामी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *