Main News
कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैनः पशु सेवा विभाग
२०७७ भदौ ४ गते १३:५७
४ भदौ, २०७७ काठमाडौं । कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस नसर्ने पशु सेवा विभागले स्पष्ट पारेको छ । बरु मासु र अन्डाले फाइदा पुर्याउने विभागको भनाइ छ।
केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भाइरस भेटिएको भन्ने खबर आएपछि जनमानसमा भ्रम पर्न गएको भन्दै विभागले विज्ञप्ति जारी गरी खण्डन गरेको हो।
पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि विभागले आग्रह गरेको छ। कुखुराको मासु र अन्डाको नियमित सेवनले कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने विभागको भनाइ छ।
विभागले अहिलेसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पन्छीबाट कोरोना सर्ने वैज्ञानिक आधार नपाइएको विज्ञ्प्तीमा उल्लेख छ।
प्रतिक्रिया