Main News
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनाका कोरोना पुष्टि
२०७७ भदौ ३ गते ८:१५
![भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनाका कोरोना पुष्टि](https://www.himalayatv.com/wp-content/uploads/2020/08/corona-test-1.jpg)
३ भदौ, २०७७, चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये २० जना चितवनका हुन्।
प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार कोरोना पुष्टि हुनेहरू ९ देखि १०८ वर्षसम्मका छन्। भरतपुर महानगरपालिका भित्रका ५ महिला र ७ जना पुरुषगरी १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
त्यस्तै राप्ती ४ र ५ का दुई जनामा संक्रमण देखिएको छ। नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एकएक जनामा कोरोना पुष्टि भएको छ। उनीहरू सबै भरतपुरकै विभिन्न अस्पतालका कर्मचारी तथा बिरामीहरू हुन्।
प्रतिक्रिया