Main News

आजबाट पाँचौ चरणको हवाइ उद्धार सुरु हुँदै

हिमालय टिभी
२०७७ भदौ १ गते ९:२६
आजबाट पाँचौ चरणको हवाइ उद्धार सुरु हुँदै

१ भदौं, २०७७ काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना संकटका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पुनः उद्धार उडान शुरु हुँदैछ ।

नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उडान शुरु हुन लागेको हो । नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्दैछन् ।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म तथा हिमालय एयरलाइन्सले १६ देखि ३० अगष्टसम्म उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेका छन् ।

अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई मात्रै स्वदेश फर्काउने सरकारले निर्णय गरेको छ । त्यस मध्ये दुई सय जना सरकारी खर्चमा र तीन सय जना आफैं टिकट काटेर आउने छन् ।

स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा आउने छन् ।

गएको साउन २९ सम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६ सय ६२ रहेको कोभिड(नाइन्टिन संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *