Main News

नेपालमा ४६८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १०२ पुग्यो

हिमालय टिभी
२०७७ साउन ३१ गते १६:४०
नेपालमा ४६८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १०२ पुग्यो

३१ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय २ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन ।


नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । ४ सय ६८ जना थप संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको हो । आज शनिबार भएका ११ हजार ४७ पीसीआर परीक्षणमा ४ सय ६८ जनामा संक्रमण देखिएको हो ।

आज विभिन्न अस्पतालबाट १ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ ।

आज आइसोलेसनमा ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २ सय ६२ जना संक्रमित आइसोलेसनमा रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना आइसोलेसनमा रहेका छन । आज ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो । आज आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन ।

आज क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ७ सय १३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९ सय ८३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७ सय ६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ५५ जना क्वारेन्टिनमा रहेका छन ।

मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *