Main News

लिदी गाउँका १३ घर पहिरोमा पुरियो, पाँच परिवार बेपत्ता, १५ जना घाइते

हिमालय टिभी
२०७७ साउन ३० गते ९:२९
लिदी गाउँका १३ घर पहिरोमा पुरियो, पाँच परिवार बेपत्ता, १५ जना घाइते

३० साउन, २०७७ चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भिषण पहिरो जाँदा १३ घर पुरिएका छन् । पाँच परिवार बेपत्ता भएका छन् ।

जुगल गाउँपालिकाको वडा नम्बर २ लिदिस्थित लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले १३ वटा घर पहिरोले पुर्ण रुपमा पुरिएरको बताउनुभयो ।

ती पाँच घर परिवारमा कति जना सदस्य थिए भन्ने पनि पत्ता लागेको छैन । तीन घरमा १३ जना वेपत्ता रहेको पत्ता लागे पनि अरु दुई घरमा कति जना थिए पत्ता लाग्न सकेको छैन ।

१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । जुगल गाउँपालिकाका योजना अधिकृत नेपालले उद्धार गर्न एकदमै कठिन भएको र हेलिकोप्टर परिचालनको तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *