पर्सामा हिजो मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण पुष्टि

३० साउन, २०७७ पर्सा । पर्सा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतलामा हिजो मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक दुबै बाराका बासिन्दा हुन् ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा हिजो बिहान मृत्यु भएका वाराका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
बाराको प्रसौनी गाउँपालिकाका २ का ६५ वर्षीय र जीतपुर सिमरा उपमहानगरपालिका ४ औराहाका ५० वर्षीय पुरुषको मृत्यु भएको थियो ।
पुराना दमका रोगी प्रसौनी निवासी ६५ वर्षीय वृद्धमा ज्वरो र खोकी लागेपछि परिवारले वीरगन्जको नारायणी वयोधा अस्पताल पुर्याएका थिए । वयोधाले कोरोना अस्पताल रेफर गरेको थियो ।
यसैगरी औराहा निवासी ५० वर्षीय पुरुष पुरानो मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनमा ५ दिनदेखि ज्वरो र खोकीसमेत लागेको थियो ।
बुधबार स्वास फेर्न गाह्रो भएपछि परिवारले उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज पुर्याएका थिए । त्यहाँ आईसीयू खाली नभएको भन्दै कोरोना अस्पताल पठाएका थिए ।
प्रतिक्रिया