Main News

प्रदेश १ की एक जना महिला सांसदमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २८ गते १२:४४
प्रदेश १ की एक जना महिला सांसदमा कोरोना संक्रमण पुष्टि

२८ साउन, २०७७, विराटनगर । धनकुटाबाट प्रतिनिधित्व गर्ने एक महिला प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सांसद कुसुम श्रेष्ठलाई कोरोना पुष्टि भएको हो । प्रदेशसभा सदस्य श्रेष्ठ र उहाँका श्रीमानमा समेत कोरोना पोजेटिभ देखिएको छ ।

शनिबार श्रीमान श्रीमती र सवारी चालकसहित धरानमा २ सय ६७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जसमध्ये सांसद दम्पत्तिसहित ८ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *